१७ बैशाख २०८१, सोमबार | April 29, 2024

गैरआवासिय राजदुतहरुको लुम्बिनी सम्मेलन सम्पन्न



लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितीमा विभिन्न देशका गैरआवासिय राजदुत र महावाणिज्य दुतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनितिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्धन्द्धहरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले बुद्धको शिक्षा बैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए ।

बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढि अपरिहार्य बन्दै गएको उनले बताए । उनले बुद्ध दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए । उनले मन केन्द्रीत गरिने ध्यान बौद्व धर्ममा मात्रै सिमित नरहेको बताए । ’तपाईं क्रश्चियन हुनुहोस, मुस्लिम वा हिन्दु, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ’ उनले भने । उनले बुद्ध जन्मस्थल लुम्बिनी जुनसुकै धर्म मान्नेहरूले आस्थाको केन्द्रकारुपमा लिन सकिने बताए । उपप्रधानमन्त्री श्रेष्ठले खुशि, शान्ति र सन्तुष्टिका साथ बाच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्धजन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताए ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास लिए । उनले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकासमा प्राथमिकताका साथ काम गर्ने बताए ।

यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासिय राजदूत र महावाणिज्यदुतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताए । उनले विश्व शान्ति प्रवद्र्धनमा गर्ने र विश्वमा देखिएको द्धन्द्ध समाधान गरि सहिष्णुता कायम गर्ने बताए । उपाध्यक्ष डा. लामाले बुद्धका शिक्षाहरु विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गरे ।

विहिबारदेखि शुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्ध, शान्ती र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन ।

बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्धन्द्ध र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताए ।

मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदुत एनआर हेरु र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी,बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस,आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी भएका थिए ।

बिहीबार दिउँसो लुम्बिनी आएका उनीहरू बुटवल स्थिति लुम्बिनि केवल कारको भ्रमण र शुक्रबार बुद्धजन्मस्थल लुम्बिनी आएर सम्मेलन सकाएका हुन । नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक चन्द्र ढकालले बताए ।

शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासिय राजदुत र वाणिज्य दूतहरुलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो । यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहित विभिन्न देशका गैरआवासिय राजदुतहरुको उपस्थितीमा सिता अशोकको बृक्षारोपण समेत गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : ०२ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको