३० चैत्र २०८२, सोमबार | April 14, 2026

रुपन्देहीमा होलीका क्रममा ४ दुर्घटना, एकजनाको मृत्यु, ३१७ सवारी साधन प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङघन गरी चलाईएको आरोपमा नियन्त्रणमा लिएको छ । होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादीत होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ का ३९ वर्षिय प्रबिण कंडेल रहेका छन् । उनी सवार मोटरसाइकल सिद्धार्थनगरकै गोलीगणको भित्री सडकमा अनियन्त्रित भएर दुर्घटना भएको तथा कंडेललाई उपचारका लासग अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए ।

रुपन्देही प्रहरीका अनुसार होली पर्वलाई आम सर्वसाधारणले सभ्य भव्य सुरक्षित मर्यादित र शान्तिपुर्ण वातावरणमा मनाउन सक्ने वातावरण निर्माण गर्ने उद्धेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले १२८ स्थानमा चेक पोईन्ट राखी चेक जाँच गरेको थियो ।

ती चेक पोइन्टहरुबाट प्रहरीले सवारी नियम उल्लँघन गर्ने ३११ मोटरसाइकल, ३ वटा टेम्पो, २ वटा जीपकार र एउटा ट्रकलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : ४९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका