१५ बैशाख २०८१, शनिबार | April 27, 2024

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमावापत रू. १ करोड २० लाख बीमा रकम भुक्तानी



काठमाडौं । ‘बैंक पनि साथीपनि, राम्रो पनिहाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत गत आषाढ १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमा वापत सातजना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२जना खातावालाहरूलाई प्रति व्यक्तिरू. १० लाखको दरले जम्मा रू. १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

बैंकको काठमाडौं स्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेख स्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देही स्थित राममन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देही स्थित फर्सटिकर शाखामा खाता खोलेका पुन्य प्रसाद ढकाल र कास्की स्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजयकुमार गुरुङलाई दुर्घटना बीमा बापत एवं काठमाडौं स्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौं स्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाँईलाई घातक रोग बीमा वापत जनहीरू. १० लाख प्रति व्यक्तिका दरले कुल रू.७० लाख रकम प्रदान गरिएको हो । लाभ ग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन् । त्यसैगरी सिराहा स्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुर स्थित पुल्चोक शाखामा खाता खोलेका तेज बहादुर सुवेदी, चितवन स्थित चनौली शाखामा खाता खालेका गणेश बहादुर गुरुङ, बर्दिया स्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारा स्थित कलैया शाखामा खाता खोलेका कन्हैया लालचौधरीले दुर्घटना बीमा वापत जनही रू. १० लाख प्रतिव्यक्तिका दरले कुल रू. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा भुत्तानी गरिउको बैंकले जनाएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाहरू अन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई रू. १४ करोड ३८ लाख रुपैैंया भन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमावापत ३३ बढीलाई रू. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमावापत २६ बढीलाई रू. २ करोड ६० लाख बढी र मेडिकल बीमावापत ६ हजार ३ सय २ भन्दा बढीलाई रू. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । एनआइसी एसियाले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाख सम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्यअतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त रू. ८४ लाख बराबरको आकर्षक बीमा फाइदा अन्तर्गत रू. ४० लाखको दुर्घटना बीमा, रू. ४० लाखको घातक रोग बीमा र रू. ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रू. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रू. ८० हजारसम्म बीमालाभ प्राप्तगर्न सक्नेछन् ।

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागिमुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ११ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म