२६ माघ २०८२, सोमबार | February 9, 2026

गृहमन्त्रीलाई सांसद बडूको प्रश्न – सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?




काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् रु भन्दै प्रश्न गरेका छन् ।

बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् ।

उनले भने- ‘पोखरा बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रूपैयाँ आएको भन्ने सुनिएको छ । त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो रु छानबिनको कुरा होला रु त्यसमा १ करोड रूपैयाँ को व्यक्ति हो थाहा छैन । रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो । त्यो मान्छे को हो रु नाम मात्रै संयोगले मिलेको हो कि रु हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो । त्यसरी चिन्छौँ ।’

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे । उनले भने- ‘यदि गृहमन्त्री रवि लमिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?’

सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोहि हुदैन भन्ने देखाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : २५ बजे

जाँचबुझ आयोगको समयावधि २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५