१४ भदौ २०८३, आइतबार | August 31, 2026

‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित



काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो । गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरे ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरिन् । छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गरे ।

अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले आजको बैठक स्थगित भएको घोषणा गरिन् । त्यसअघि बैठकमा सांसदहरू मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरीलगायतले संशोधन प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए । सो विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन दर्ता भएको छ । विधेयकको प्रस्तावनामा नै २२ वटा संशोधन परेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ३२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति