२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट फुमाउदै १७३ रन मात्र बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ७ : ०४ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा