४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि



बाँके । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । चालु आवको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ । गत वर्षको सोही अवधिमा रु दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद भएको थियो ।
फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकामा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताउनुभयो । विश्वकर्माका अनुसार लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
उनका अनुसार चालु आवको फागुनसम्ममा रु ४६ अर्ब १७ करोड बराबरको सामान आयात आएको छ । गत वर्ष सोही अवधिमा रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । त्यसैगरी समीक्षा अवधिमा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो ।
यो वर्ष भारतबाट मात्रै ९२ दशमलव ८७ प्रतिशतले सामान आयात भएको छ । बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा ९९ दशमलव ०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक दुई लाख राजस्व सङ्कलन हुने गरेको छ ।
सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट हुने गरेको छ ।
चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा चैत १७ गतेसम्म रु ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ३२ दशमलव ६९ प्रतिशत हो ।
प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ३ : ३७ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा