३१ असार २०८३, बुधबार | July 16, 2026

कर छली गर्ने अमेरिकन कम्पनीले अर्को कम्पनी खडा गरेर खारेजीको निवेदन दिएको खुलासा



काठमाडौं । राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न आज कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।

विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पनीले खारेजीमा जानका लागि कार्यालयमा निवेदन दिइएको पाइएपछि त्यसलाई रोक्न अनुरोध गरिएको जानकारी दिए । विभागका अनुसार कोटीभिटीले अर्को कम्पनी खडा गरेर खारेजीको प्रक्रियामा जान निवेदन दिएको खुलेको छ ।

उसले नेपाल इन्फानाइट कम्प्युटर सोलुसन नामक नयाँ कम्पनी खडा गरेर खारेजीमा जान लागेको सूचना पाएपछि विभागले आज कम्पनी रजिष्ट्रारको कार्यालयलाई खारेजी रोक्न अनुरोध गरेको जनाएको छ ।

विभिन्न कम्पनीलाई शेयरधनी बनाएको उक्त कम्पनीले विभिन्न समयमा शेयर स्वामित्व परिवर्तन गरेको देखिएको छ । तर सोहीअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत नेपाल सरकारका निकायमा जानकारी नदिई कानुन बमोजिम तिर्नुपर्ने आयकर तथा मूल्य अभिवृद्धिकर दाखिला नगरी राजस्व चुहावट गरेकाले उक्त कम्पनी विरुद्ध मुद्दा चलाइएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

विभागका अनुसार उक्त कम्पनी नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले आयकर ऐन २०५५ र मूल्य अभिवृद्धि ऐन २०५२ बमोजिम कर नतिरी कूल पाँच अर्ब १८ करोड २२ लाख बिगो बराबरको राजस्व छली गरेको छ । यसको दोब्बर हुन आउने १० अर्ब ३६ करोडभन्दा बढी बिगो असुलको दाबीसहित विभागले आइतबार मुद्दा दर्ता गरेको हो ।

उक्त कम्पनीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को देहाय (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको विभागको दाबी छ ।

सोही ऐनको दफा २ (छ १) बमोजिमको पाँच अर्ब, १८ करोड २२ लाख ६१ हजार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम कूल बिगो बराबरको कर छली गरेकाले उक्त बिगो असुल गरी सोही बराबरको जरिवानासहित हदैसम्मको कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको विभागले जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : १४ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक