१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेमा शान्ति सुरक्षा कमजोर भएको भन्दै उठ्यो नागरिक आवाज



नेपालगन्ज । बाँकेमा शान्ति सुरक्षा कमजोर हुँदै गएको भन्दै सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । नेपाल बार सम्बद्ध कानून व्यवसायी र अधिकारकर्मीहरुले जिल्लाको शान्ति सुरक्षा कमजोर भएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

कानून व्यवसायी तथा अधिकारकर्मीहरुले आज एक अपिल प्रकाशित गर्दै पछिल्लो दिनमा बाँके जिल्लामा लगातार भएका अपराधिक घटनाहरुबाट आम नागरिकको शान्ति सुरक्षामा खलल् पुगीरहेको जनाएका छन् । उनीहरुले लगातारका अपराधिक घटनाले आम नागरिकहरुको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल पुग्न गए‌को प्रति सम्बन्धित निकायहरुको ध्यानाकर्पण गराएका छन् ।

नेपालगन्ज २१ विर्तागाँउका २० वर्षीय एक युवकलाई गत १८ गते घाँटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको घटना, होली पर्वको बेला भए‌का झडपहरु, दिनदहाडै भएका हत्याका अन्य अपराधका घटनाहले नागरिकको जिउ ज्यान र धनको सुरक्षामा गम्भिर असर पारेको अपिलमा उल्लेख गरिएको छ । अपिलमा नेपालगन्ज, खजुरालगायतका भएका हत्या हिँसाका घटनाले स्वतन्त्रपूर्वक, भयरहित वातावरणमा बाँच्न पाउन नागरिकको संबैधानिक अधिकारमा असर पुगेको जनाइएको छ ।

‘राज्यकातर्फबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले आम नागरिकहरुको शान्ति सुरक्षाप्रति चनाखो हुन र अपराधिक घटनामा संंलग्न व्यक्ति, समूहको पहिचान गरि कानूनी दायरामा ल्याई पीडकलाई कारबाही पीडितलाई न्याय दिन हामी अपिपल गर्दछौं,’ अपिलमा लेखिएको छ, ‘साथै समाजमा मानव अधिकार उल्लंघनन तथा ज्यादतीका घटनाहरु हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरुलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत हामी सम्बन्धित पक्षसँग अनुरोध गर्दछौं।’

अपिल प्रकाशित गर्नेहरुमा नेपाल बारका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, उच्च अदालत बारका अध्यक्ष चित्र बहादुर शाही, अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम लुम्बिनी प्रदेशका बरिष्ठ अध्यक्ष बसन्त गौतम, सुचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य प्रभातकुमार ठकुरी र सामाजिक लोकतन्त्र अध्यन केन्द्रका अध्यक्ष बलबहादुर चन्द रहेका छन् ।

पछिल्लो समयमा बाँकेमा सृङ्लाबद्ध अपराधिक घटना भएको पाइएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ४६ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले