८ कार्तिक २०८३, आइतबार | October 26, 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै, राजीनामा अघि मन्त्रिपरिषद् बैठक



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् । राजीनामा दिनु अघि पाण्डेले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : २९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको