२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग २१ रनले पराजित



काठमाडौं । आयरल्याण्ड वोल्भ्सले विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल ‘ए’ २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।

यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।

त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए ।  त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।

यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ३ : ०९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका