२ पुस २०८२, बुधबार | December 17, 2025

नाउपाभित्रको विवाद चरमोत्कर्षमा : अध्यक्षको ह्वीप विरुद्ध संसदीय दलद्वारा काउन्टर ह्वीप



काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद चरममा पुगेको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नदिन जारी गरेको ह्विपको विरुद्धमा प्रदेशका प्रमुख सचेतकले काउन्टर ह्वीप जारी गरेका छन् ।

अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेपछि सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न काउन्टर ह्विप जारी गरेका हुन् ।

सचेतक डगौराले जारी गरेको ह्विपमा विश्वासको मत दिने बैठकमा अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन भन्दै विश्वासको मतको पक्षमा मतदान गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन जारी गरेका छन् ।

यसअघि अध्यक्ष रञ्जिताले संसदीय दलको विधान बनिनसकेकोले ह्वीप जारी गर्ने अधिकार पार्टी अध्यक्षलाई भएको भन्दै विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : २० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका