२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लगातार ८ सिक्वेल फिल्ममा काम गर्दै अजय देवगन



काठमाडौं । अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन सुरु गर्नेछन् ।

रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा दे दे प्यार दे- २ र सन अफ सरदार- २ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड- २ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले दे दे प्यार दे- २ र त्यसपछि सन अफ सरदार- २ को सुटिङ गर्नेछन् ।

दे दे प्यार दे- २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार- २ को लागि ल्याइएको छ ।

अजय देवगन अजय देवगनसँग एक-दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड- २, दे दे प्यार दे- २, सन अफ सरदार- २, गोलमाल- ५, सिंघम अगेन, धमाल- ४, दृश्यम- ३ र शैतान- २ मा देखिनेछन् ।

अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : ४८ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का