१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बाँकेमा सृंङ्खलाबद्ध लुटपाट, लुटेरा समुह पक्राउ गर्न प्रहरी असफल



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ३ को मानपुर नजिकै रुद्रपुरमा लुटेरा समुहको आक्रमणबाट एकजनाको मृत्यु भएको महिना दिन नपुग्दै सोही गाउंपालिकामा गएराती घरधनीमाथि आक्रमण गर्दै लुटपाट भएको छ । १०/१२ जनाको समूहमा हतियारसहित आएका लुटेरा समुहले जानकी गाउंपालिका वडा नम्बर ६, कपासीका लोकेन्द्र बुढाको घरमा लुटपाट गरेको हो ।

राती २ बजेको समयमा आएका लुटेरा समुहले घरधनी लोकेन्द्र बुढालाई कुटपिट गर्दै घरपरिवारलाई धम्क्याएर घरमा भएको नगद, गरगहना, मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ । गत फागुन २३ गते मध्यराती जानकी गाउँपालिका ३ रुद्रपुर नयाँबस्तीमा लुटपाट गर्न आएका लुटेरा समुहको आक्रमणबाट स्थानीय सन्तोष कठरिया थारुको मृत्यु भएको थियो ।

स्थानीय नागरिकको ज्यानै जाने गरि कुटपिट गर्दै लुटपाट गर्ने समुहका कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले लुटेरा समुहको पहिचान भइसकेको दाबी गरेपनि अघिल्लो घटनामा संलग्नहरुलाई पक्राउ नगर्दै अर्को लुटपाटको घटना घटेको छ । डीएसपी डांगीले लुटेरा समुहको खोजी भइरहेको जानकारी दिए ।

बाँकेमा पछिल्लो दिनमा हत्या, हिंसा, लुटपाट र कुटपिटका घटना बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : ५० बजे

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित