४ आश्विन २०८३, आइतबार | September 20, 2026

नयाँ वर्षको उपलक्ष्यमा बससेवाले ल्यायो ‘८१ सालमा एक्कासी’ अफर



काठमाडौं । बस टिकेटिङ सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत बससेवामार्फत् टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् । यो योजना चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।

विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ ।

नयाँ वर्षको अफरबारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भने, ‘आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उद्देश्यले हामीले यो अफर सार्बजनिक गरेका हौँ, यो अफर अन्तर्गत केही यात्रुलाई भएपनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : १५ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी