२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोख बहादुर महराद्वारा दाबी पेश



बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ गठबन्धन दलका नेताहरूले ४४ सांसदको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया शुरू भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । महरा रोल्पाबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : ४९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय