२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोख बहादुर महराद्वारा दाबी पेश



बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ गठबन्धन दलका नेताहरूले ४४ सांसदको हस्ताक्षर बुझाएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यले महराको पक्षमा हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया शुरू भएको हो ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ । महरा रोल्पाबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : ४९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा