११ पुस २०८२, शुक्रबार | December 26, 2025

उपनिर्वाचनका लागी आज उम्मेदवारको मनोनयन दर्ता



काठमाडौं । इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको हो ।

मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम-२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

आयोगले उपनिर्वाचन हुने दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोक्नुका साथै मतदान स्थल समेत तोकिसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ३१ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका