१८ माघ २०८२, आइतबार | February 1, 2026

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन



काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एवम् साहित्यकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज नेपाल पुलिस क्लब भृकुटिमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुईँटेल, नेपाल सरकारका पूर्व सचिव एवम् समालोचक गोपीनाथ मैनाली तथा स्रष्टाले विमोचन गरे ।

कार्यक्रममा बोल्दै एआईजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकलाई शुभकामना दिए ।सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उनको भनाई थियो । उनले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गरे । एआईजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पारे ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा लुईँटेलले उपन्यास सानो भएपनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताए । “युगीन विकृति, विसङ्गतीको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो,”– उनले भने । सरल भाषा शैलिमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उनको भनाई छ ।

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताए । उनले उपन्यासभित्र भाषाशैली केही नमिलेपनि उक्त कृति पठनीय रहेको उल्लेख गरे । समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताए ।वरिष्ठ समालोचक एवम् लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताए । उनले लेखकमा साहित्यप्रति अथाह भविश्य रहेको उल्लेख गरे ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधी दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्राडा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इट्टा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : ५० बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा