१० बैशाख २०८३, बिहिबार | April 23, 2026

आइपिएल : राजस्थानद्वारा बैंगलुरु ६ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को शनिबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । बैंगलुरुले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानलाई विजयी बनाउन ओपनर जस बटलरले शतकीय पारी खेले उनले ५८ बलमा ९ चौका र ४ छक्कासहित १०० रन बनाएर अविजित रहे ।

यस्तै राजस्थानका कप्तान सञ्जु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैंगलुरुले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो। विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रन बनाए । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ३७ बजे

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको

राष्ट्रपतिद्वारा संसद अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन स्थगित

माछापुच्छ्रे बैंकले बिस्तार गर्यो एम बि एल आइटी कर्जा सेवा

काठमाडौ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंक