२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

विवाहित छोरीले माइतीसँग बह बिसाउने पुतला प्रारम्भ



टीकापुर । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि यहाँ सुरु भएको छ । यहाँका महिलाहरुको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ । रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् ।

पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताए । ‘‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो’’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ भएको बताउँदै उनले भने । उनले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताए ।

कलाकार रङ्गी थापाले पुतला खेल आफूहरुको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान हो भने । छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रुपमा लिनुपर्ने विचार व्यक्त गरे ।

विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ । पुतलासँगै महिलाहरुले न्याउल्या खेल पनि खेल्ने गर्छन् । सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेशभूषा लुकेकाले यस्ता संस्कृितलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउँछन । ‘‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’’, उनले भने, ‘‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’’

जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन् । मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आएकी चन्द्रा भण्डारीले बताइन । रासस

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : १६ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी