४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुजरातमाथि लखनउको शानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा लखनउ सुपरजायन्ट्‌सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको थियो ।

लखनउको जितका लागि बलर यश ठाकुर र क्रुनाल पाण्ड्याको महत्वपूर्ण योगदान रह्यो । ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए । उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए ।

गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए । दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए ।

उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए ।

४ खेलमा गुजारतको तेस्रो जीत हो । टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : २८ बजे

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति

देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको