१ पुस २०८२, मंगलबार | December 16, 2025

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान



काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ ।

त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन । इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज