२४ माघ २०८२, शनिबार | February 7, 2026

अबैधरुपमा निकालिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले जिल्लाको रोहिणी खोलाबाट अबैधरुपमा उत्खनन् गरि लैजाने तयारी गरिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रोहिणी खोलाबाट अबैध उन्खनन् गरिएको नदी जन्य पदार्थ सहित लु ४ त ७२२३ र लु ५ त १६६ नम्वरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

अबैध रुपमा उत्खनन् गरिएको नदिजन्य पदार्थ (बालुवा) उलैजाँदै गरेको अवस्थामा फेला परेका ट्याक्टरलाई प्रहरीले ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाएको जनाएको छ ।

गाउँपालिकाले प्रहरीले बुझाएको ट्याक्टरलाई ३० हजार जरिवाना असुल गरेर छाडेको समेत प्रहरीले जानकारी दिएको छ । स्थानीय तहबाट अनुगमन नहुँदा रुपन्देहीको बुटवल, तिलोत्तमा, रोहिणी, सियारी लगायतका पालिकाहरुमा हरेक दिन लाखौं मुल्यको नदीजन्य पदार्थको उत्खनन् र वरासपसार हुँदै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ५७ बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई