२६ माघ २०८२, सोमबार | February 9, 2026

शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा किर्गिजस्तानका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त



काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले निर्माण व्यवसायी शर्मालाई अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक शर्मा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष समेत हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति भएको बताइएको छ ।

नियुक्तिपत्र ग्रहण गर्दै शर्माले नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशील छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ४ : ५५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी