२० बैशाख २०८१, बिहिबार | May 2, 2024

शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा किर्गिजस्तानका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त



काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले निर्माण व्यवसायी शर्मालाई अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक शर्मा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष समेत हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति भएको बताइएको छ ।

नियुक्तिपत्र ग्रहण गर्दै शर्माले नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशील छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ४ : ५५ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ