१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै, मत दिनु अघि मन्त्री नियुक्त गर्न गठबन्धनभित्र दवाब



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पुर्व सहमति पालना नगरेको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

महराले तत्कालका लागि एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका एक एक जनालाई मन्त्री बनाएका छन् । महरालाई मुख्यमन्त्री नियुक्तिमा समर्थन जनाएका दलहरुले विश्वासको मत अगाडी नै सहमति अनुसार मन्त्री नियुक्त हुनुपर्ने माग गर्दै दवाव बढाएका छन् । १ सिट रहेको नेकपा एकीकृत समाजवादीले विश्वासको मत लिनु अघि मन्त्री नियुक्त नगरेर विश्वासको मत नदिने चेतावनी दिएको छ भने पुर्व सहमति अनुसार नाउपा र जसपाले २/२ मन्त्री नियुक्त नगरिए विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ३० बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन