२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोख बहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले आफू काम चलाउनमा एकछिन पनि बस्न नसक्ने बताउँदै छिटो सरकार गठनका लागि आग्रह गरे । अब बन्ने सरकारलाई शुभकामना व्यक्त गर्दै उनले छिटो सरकार गठन गरी मन्त्रीपरिषदलाई पूर्णता दिन आग्रह गरे ।

केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले आफू अल्पमतमा परेपछि कुनै निर्णय गर्दैन भनेर अडान लिएको र त्यो बाचालाई समेत पूरा गरेको बताए । ‘घिटी घिटी भएर बस्ने मेरो चाहाना थिएन असार मसान्त भएका कारण म बस्नै पर्ने बाध्यता थियो ।’- महराले भने अब असार मसान्त पनि सकिएको छ । नयाँ सरकार गठनका लागि शुभकामना दिन चाहान्छु ।

आफू नेतृत्वको सरकारमा सहभागी हुँदा एमाले तथा अन्य दलका मन्त्रीहरुले सोचेकोभन्दा बढी विश्वासको साथ काम गरेको उल्लेख गर्दै उनले केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु दुःखद भएको उल्लेख गरे ।

महराले आफू नेतृत्वको सरकारले ल्याएको बजेट कार्यान्वयन हुँदैन कि भन्ने चिन्ता गर्ने वातावरण नबनाउन नयाँ सरकारलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ३८ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी