१६ चैत्र २०८२, सोमबार | March 30, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए प्रदेशसभाको विश्वासको मत



नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत प्राप्त गरेका हुन् ।

आफुप्रति प्रदेशसभाको विश्वास रहेको पक्षमा मत दिन आह्वान गर्दै मुख्यमन्त्री महाराले म भन्ने भावनाबाट नभै हामी भन्ने भावनाबाट प्रदेश सरकार संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले विकासको वार्षिक क्यालेण्डर बनाएर अगाडी जाने बताउँदै सबैको भावनालाई समेटेर सरकार संचालन गर्ने जनाएका थिए । उनले निरासाबादमा रुमल्लिएकाहरुले दुनिया बदल्न नसक्ने उनले बताए । यथास्थितीबादबाट परिवर्तन हुन नसक्ने उल्लेख गर्दै उनले आफुहरु नयाँचिज प्राप्त गर्न निरन्तर बिद्रोह गर्न तयार रहेको बताए ।

महराको प्रस्तावलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा प्रदेशसभाका ४८ जना सदस्यहरुले महरा प्रति विश्वास छ भन्ने अर्थात हुन्छ भन्ने पक्षमा मतदान गरेका छन् भने महरा प्रति विश्वास छैन अर्थात हुन्न भन्ने पक्षमा २८ मत प्राप्त भएको थियो ।

सभाभा सभामुख घर्तीले मुख्यमन्त्री विश्वासको मत प्राप्त भएको घोषणा गर्दै महरालाई बधाई दिएका थिए । प्रदेशसभाको बैठक बैशाख २ गते बस्ने गरि अन्त्य भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : ५८ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन