२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपालगन्जको सिनेरोयलले पायो ‘वर्ष सिनेमाहल अवार्ड’



नेपालगन्ज । नेपालगन्जमा रहेको सिनेमाहल सिनेरोयलले यस वर्षको बर्ष सिनेमाहलको अवार्ड (मोफसल) प्राप्त गरेको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गरेको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औं संस्करणबाट सिनेरोयलले बर्ष सिनेमाहलको अवार्ड (मोफसल) प्राप्त गरेको हो ।

बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्षको चैत मसान्तमा आयोजना गर्दै आएको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औं संस्करणमा आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणको मुल्याङ्कन गर्दै सो सिनेमाहललाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपालगन्ज-१० सुर्खेत रोडस्थित रहेको यस थिएटरले पछिल्लो समय एउटा बेग्लै नाम र नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई परिवर्तन गर्न सफल भएको थियटरका संचालक डा. बिनोद थापाले बताए ।

थियटरमा अत्याधुनिक प्रविधि, आरामदायी सिटिङ, इमर्सिभ साउण्ड जडान गरिउका छन् । नेपालकै सिनेमा क्षेत्रमा गौरवको प्रोजेक्ट भएको सिनेरोयलले भारतीय सिनेमा प्रेमीलाई आकर्षित गरेर नेपालगन्जमा आर्थिक गतिबिधि बढावा दिन सफल भएको डा. थापाले बताए ।

तीन वटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिकामा बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिलल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरिएको संचालकको दाबी रहेको छ ।

साथै नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाइ सिटिङ सहजतालाई प्राथमिकता दिइएको उल्लेख गर्दै थापाले दर्शकहरुको बसाईमा आराम प्रदान गर्न  तीन किसिमका सिटहरू (रिक्लाइनर, लाउन्जर र स्लाइडर) जडान गरिएको जानकारी दिए । अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित पर्यावरण अनुकूल भान्सामा तयार हुने परिकार समेत थियटरमा उपलब्ध छ । थियटरको खाजा निकै नै फ्रेश तथा स्वादिलो रहेको थापाको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ५ : ३० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का