११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु



दाङ । यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए । उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ५५ बजे

गोकर्ण विष्टको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर-२ का

आईसीसी टी-२० विश्वकप सुपर ८ मा दक्षिण अफ्रिकाको शानदार जित, भारत ७६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिरहा । यहाँको कल्याणपुर नगरपालिका-१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा

निर्वाचन १० दिन बाँकी : जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना, १७ जनाको मृत्यु, २४ जना घाइते

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा