८ माघ २०८२, बिहिबार | January 23, 2026

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर



गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए ।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउँछन । गाउँको खबर गाउँलेका घरघरमा पु¥याउँछन । उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउँछन ।

“गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ”, उनले भने, “बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ ।”

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । “हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ”, उनले भने, “बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब-करिब चार मुरी जति कोदो र दशैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउँछन ।

“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्”, मनबहादुरले भने, “त्यहीँ खायो, काम ग¥यो ।” चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाइ छ ।

“मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ”, मनबहादुरले भने, “त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ ।”

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउँछन । “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो”, उनले भने, “यही पेसाले नै परिवार पालेको छु ।” लामो समयदेखि कटुवाल गर्दै आउनुभएका उहाँलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

“वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो”, मनबहादुरले भने, “अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु ।” कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उनी गर्व गर्छन । गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउँछन ।

“पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,” उनले भने, “त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन् ।” पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताउँछन ।

“माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ”, उनले भने, “उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुरानो परम्परा हो ।” मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउँछन ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ५२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा