२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

नेपालगन्जका ई– रिक्सा चालकलाई उपमहानगरको सवारी चालक परिचयपत्र



नेपालगन्ज । अव्यवस्थित र अनाधिकृत ई रिक्साका कारण प्राय अस्तब्यस्त ट्राफिक व्यवस्था हुने नेपालगन्जमा उपमहानगरले ई रिक्सा चालकलाई परीचयपत्र वितरण सुरु गरेको छ । सीमापारी भारतबाट आएर ई रिक्सा चलाउने र पालिकामा दर्ता नभएका अनाधिकृत ई रिक्सा चल्ने गरेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले ई रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुखप्र शान्त विष्टले पहिलो चरणमा १ सय १७ जना ई रिक्सा चालकलाई चालक परिचयपत्र वितरण गरेका छन् । नेपालगन्जमा ई रिक्सा व्यवस्थापन गर्नको लागि भन्दै उपमहानगरपालिकाले पछिल्लो समय ई रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा उपमहानगरले ई रिक्सा व्यवस्थापनको कार्य गरेको हो ।

परीचयपत्र वितरण कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख विष्टले ई रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य वीमा गर्ने योजना अगाडी बढाईरहेको जानकारी दिए । उनले भने, ‘नेपालगन्जमा ई रिक्साहरुको व्यवस्थापनगर्न जरुरी छ । ई रिक्साचालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर कामगर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेशाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको चालक परीचयपत्रले नेपालगन्जका ई रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले दाबी गरे ।

नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले ई रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्र्चाज वरिष्ट सई प्रविण आर्चायले ई रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : १२ बजे

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले