३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्जका ई– रिक्सा चालकलाई उपमहानगरको सवारी चालक परिचयपत्र



नेपालगन्ज । अव्यवस्थित र अनाधिकृत ई रिक्साका कारण प्राय अस्तब्यस्त ट्राफिक व्यवस्था हुने नेपालगन्जमा उपमहानगरले ई रिक्सा चालकलाई परीचयपत्र वितरण सुरु गरेको छ । सीमापारी भारतबाट आएर ई रिक्सा चलाउने र पालिकामा दर्ता नभएका अनाधिकृत ई रिक्सा चल्ने गरेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले ई रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण सुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुखप्र शान्त विष्टले पहिलो चरणमा १ सय १७ जना ई रिक्सा चालकलाई चालक परिचयपत्र वितरण गरेका छन् । नेपालगन्जमा ई रिक्सा व्यवस्थापन गर्नको लागि भन्दै उपमहानगरपालिकाले पछिल्लो समय ई रिक्सा चालकहरुलाई परिचयपत्र, विमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिले व्यवस्थापनमा उपमहानगरले ई रिक्सा व्यवस्थापनको कार्य गरेको हो ।

परीचयपत्र वितरण कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख विष्टले ई रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्र सहित स्वास्थ्य वीमा गर्ने योजना अगाडी बढाईरहेको जानकारी दिए । उनले भने, ‘नेपालगन्जमा ई रिक्साहरुको व्यवस्थापनगर्न जरुरी छ । ई रिक्साचालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर कामगर्ने वातावरण पाउनु पर्छ । उहाँहरुको पेशाको सुरक्षाको लागि, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले वितरण गरेको चालक परीचयपत्रले नेपालगन्जका ई रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले दाबी गरे ।

नेपाल ई रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमार सिंह ठकुरीले ई रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बिमाहरुको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्र्चाज वरिष्ट सई प्रविण आर्चायले ई रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएका थिए ।

 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : १२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन