१८ असार २०८३, बिहिबार | July 3, 2026

नेपालगन्जको जमुनाहा नाकाबाट १२८० प्याकेट खुकुरी चुरोट सहित ३ महिला पक्राउ



नेपालगन्ज । बाँकेको जमुनाह नाका हुँदै भारत तर्फ लैजाँदै गरेको ठुलो परिमाण्को खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १२८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।

अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट सहित ३ जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । पक्राउ परेका महिलाको नाम दिन भने उनले अस्वीकार गरे । पक्राउ परेका महिला भरिया मात्र भएकाले नामा सार्वजनिक नगरिएको उनले बताए ।

प्रहरीका अनुसार बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : १० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले