९ कार्तिक २०८३, सोमबार | October 26, 2026

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद



नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा रु पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।

रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेलापरेको तर कसको भनेर खुल्न नसकेको प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नं ५ विन्ध्यावासिनी बाहिनीमा डिआइजी दीपक अधिकारीले कमाण्ड सम्हालेयता सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ । सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल जमुनाहनाकालगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ३१ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को