२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद



नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा रु पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।

रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेलापरेको तर कसको भनेर खुल्न नसकेको प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नं ५ विन्ध्यावासिनी बाहिनीमा डिआइजी दीपक अधिकारीले कमाण्ड सम्हालेयता सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ । सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

हाल जमुनाहनाकालगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ३१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु