२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश



इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ । टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ ।

शाहबाज सरकारले एक्सलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै रोक लगाएको थियो । तर, पाकिस्तानको सिन्ध उच्च अदालतले सरकारलाई एक्समा लगाइएको प्रतिबन्ध तत्काल खारेज गर्न निर्देशन दिएको हो ।

जियो न्यूजका अनुसार अदालतले पाकिस्तान सरकारलाई एक साताभित्र प्रतिबन्ध हटाउन आदेश दिएको छ ।

पाकिस्तानको आन्तरिक मन्त्रालयले यसअघि अदालतलाई जानकारी दिएको थियो कि माइक्रोब्लगिङ प्लेटफर्मले ‘सरकारको कानुनी निर्देशनहरूको पालना गर्न असफल भएको कारणले पहिले ट्विटर भनेर चिनिने एक्स लाई प्रतिबन्ध लगाउनु परेको’ जानकारी दिएको थियो । पाकिस्तान सरकारले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै एक्सलाई प्रतिबन्ध लगाउनु परेको स्पष्टीकरण दिदैँ आएको थियो ।

‘तर, सिन्ध उच्च अदालतले सरकारलाई आफ्नो निर्णय फिर्ता लिन एक हप्ताको समय दिएको छ । यदि त्यसो भएन भने अदालतले अर्को मितिमा उपयुक्त कारबाही गर्नेछ,’ एक्समा सरकारले लगाएको प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भने ।

पाकिस्तानका एक्स प्रयोगकर्ताहरूले मध्य फेब्रुअरीदेखि पाकिस्तानमा यसको प्रयोगमा समस्या भएको गुनासो गर्दै आएका थिए तर सरकारले यस सम्बन्धमा कुनै प्रकारको आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ७ : २७ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल