१३ श्रावण २०८३, बुधबार | July 29, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य सिफारिस



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिष्टर पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिष्टर सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षा मन्त्रीले खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनौट गर्ने परिपाटी बनाउनुपर्ने बताउदै आएपछि विज्ञापन गरिएको थियो ।

चैत १८ गते प्रकाशित विज्ञापन अनुसार ९ जनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि ७ जना छनौटमा परेका थिए । उनीहरुको बैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो । मूल्यांकन समितिमा राष्ट्यि योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. रमेशचन्द्र पौडेल अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शिक्षाविद् प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको उपकुलपति कार्यालयले जनाएको छ । मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।

उपकुलपति कार्यालयले प्रकाशित गरेको सूचनाको योग्यताक्रमको पहिलो नम्बर आचार्य रहेका छन् । दोस्रोमा प्रा.डा. नरेन्द्र कटुवाल छन् । उनले चिया खेतीका विषयमा विद्यावारिधि गरेका छन् । तेस्रोमा प्रा.डा. लालमणि पाण्डे छन् । उनी राजनीति शास्त्रमा विद्यावारिधि गरेका छन् ।

चौथोमा प्रा.डा. काजिराम अधिकारी फार्मेसी विषयका विद्यावारिधि रहेको बताइएको छ । पाँचौंमा इन्द्र प्रसाद काफ्ले बौद्ध दर्शनमा स्नातकोत्तर हुन भने छैठौंमा रहेका डा. घनश्याम न्यौपाने र सातौंमा रहेका डा. गणेशप्रसाद घिमिरे नेपाली साहित्यमा विद्यावारिधि रहेका छन् ।

मूल्यांकनका लागि दीर्घकालीन योजना र कार्ययोजनासहितको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि ५० अंक छुट्याइएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शैक्षिक योग्यता वापत विद्यावारिधी गर्नेले १५ अंक र स्नातकोत्तर तहतर्फ १० अंक राखिएको थियो । त्यस्तै प्राध्यापकले १५ र सह प्राध्यापकले १० अंक तोकिएको बताइएको छ । अनुभवमा डिनभन्दा माथिल्लो पदमा रही काम गरेकाको हकमा प्रति वर्ष २ अंक, निर्देशक, परीक्षा नियन्त्रक भई कार्य गरेकालाई प्रतिवर्ष १ दशमलव ५ अंक र केन्द्रीय विभाग प्रमुख, सहायक डिन र क्याम्पस प्रमुखका हकमा प्रतिवर्ष १ अंक राखी २० पूर्णांक तोकिएको जनाइएको छ । सोही अंक र मूल्यांकनका आधारमा विश्वविद्यालयले योग्यताक्रम प्रकाशित गरेको छ ।

विश्वविद्यालयका एक उपप्राध्यापकका अनुसार पारदर्शी रुपमा रजिष्टार छनौट गर्नका लागि उपकुलपतिले आफ्नो कुनै संलग्नता नगराएको बताए । “उहाँ कुनै पनि मूल्यांकनका प्रक्रियामा सहभागी हुनुभएन,” ती उपप्राध्यापकले भने, पारदर्शी रुपमा पदाधिकारी सिफारिस भएको सम्भवतः पहिलो विश्वविद्यालय नै हुनसक्छ ।

सिफारिसका आधारमा प्रधानमन्त्रीले ४ वर्षका लागि रजिष्टार नियुक्त गर्नेछन् । विश्वविद्यालयमा चैत १ गतेदेखि रजिष्टार पद रिक्त भएको हो ।

केही दिनअघि मात्रै त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्टार पद खुला विज्ञापन गरी उपकुलपतिले सिफारिस गरेका थिए । त्रिविका उपकुलपतिले सिफारिस गरेकै व्यक्तिलाई प्रधानमन्त्रीले रेक्टर र रजिष्टार नियुक्त गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने पहिलो पटक खुला प्रतिष्पर्धा भएको हो । अन्य विश्वविद्यालयमा पनि खुला प्रतिष्पर्धाबाट पदाधिकारी छनौटको प्रक्रिया चलिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : ४२ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा