६ आश्विन २०८३, मंगलबार | September 22, 2026

प्रचण्ड र ओलीको एउटै स्वर – तत्काल कम्युनिष्ट एकता हुदैन!



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

उनले भने, ‘अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।’

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता विभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।

उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : २९ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत