११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

धार्मिक पर्यटन बढाउन बुटवलबाट मुत्तिनाथ यात्रा, नगर प्रमुख पाण्डेयले गरे बिदाई



बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गरे ।

बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ धामदेखि कालिगण्डकीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शन गर्न बुटवलबाट १ सय ५० जनाको टोलि मुक्तिनाथ प्रस्थान गरेको हो । मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्द जी महाराजको नेतृत्वमा धार्मिक पर्यटकीय यात्रा शुरु गरिएको छ ।

बिदाईका अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र जसको केन्द्रबिन्दु तथा विश्रामस्थल बुटवललाई बनाउने उदेश्य रहेको बताए ।

धार्मिक यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धी गर्न मदत पुराउने विश्वास ब्यक्त गर्दै बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धनमा मद्दत पुग्ने बताए । उनले कोरोला नाकादेखि लुम्बिनीसम्मको यात्रा गर्न धार्मिक यात्राले प्रोत्साहित गर्ने पनि जनाए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ०९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान