२ पुस २०८२, बुधबार | December 18, 2025

नेपाल टूरमा आउने वेस्ट इन्डिज ए टिमको घोषणा, को को परे ?



काठमाडौं । वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ ।

वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।

यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ ।

वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।

प्रशिक्षण टिम: मुख्य प्रशिक्षक-फ्लोयड रेफर, सहायक कोच-रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट-नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच-शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।

टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल