४ श्रावण २०८२, आइतबार | July 20, 2025

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पनि इङल्याण्ड विजयी



काठमाडौं । इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ । इङल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङल्याण्ड २४१ रनले विजयी भएको हो ।

यसअघि इङल्याण्डले आफ्नो पहिलो इनिंगमा ४१६ रन बनाएको थियो भने जवाफमा वेस्ट इन्डिजले ४५७ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा ४२५ रन बनाएको जवाफमा वेस्ट इन्डिज १४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा इङल्याण्डको पहिलो इनिंगमा १२१ र दोस्रो इनिंगमा ५१ रन बनाएका ओली पोप प्लेयर अफ द म्याच बनेका छन् ।

यस अघि खेलेको पहिलो टेस्ट इङल्याण्डले एक इनिंग र ११४ रनले जितेको थियो । यो जितपछि इङल्याण्ड तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल जुलाई २६ मा हुने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ५४ बजे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ