२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग स्कुलले आफनो १६ औं वार्षिक उत्सव तथा शैक्षिक सत्र २०८० को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिक उत्सव कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका नगरप्रमुख फणिन्द प्रसाद शर्माले रुपन्देही मोर्डन स्कुल विभिन्न शैक्षिक गतिविधिमा नगरकै उत्कृष्ठ रहेको बताएका थिए । विद्यार्थीहरुको अध्यापन राम्रो रहेको भन्दै रुपन्देही मोर्डन स्कुलबाट पासआउट भएका विद्यार्थीहरुले अन्य विद्यालयहरुमा राम्रो नतिजा ल्याउन सफल रहेको बताए । विद्यार्थीहरुलाई अध्यापन सँगै ब्यवहारिक ज्ञान दिन जरुरी रहेको भन्दै नगर प्रमुख शर्माले भने शिक्षकहरुले किताबी ज्ञान सगै ब्यवहारिक सिकाई सहितको अध्यापन गराउन आग्रह गरे ।

बालबालिकाहरु धेरै जिज्ञासु हुने भएकाले विद्यालयमा पढाउँदा बालबालिकाले राखेका प्रश्नहरको जवाफ राम्रो सँग दिने र नजाने भोलि आफुले सिकेर उनिहरुलाई सिकाउन शिक्षक शिक्षिकाहरुलाई आग्रह गरे ।

बालबालिकाहरुले कुनैकुरामा प्रश्न गरे उसलाई डराउन दिने गाली गर्ने कुरालाई अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले रुपन्देही मोडन स्कुल आफैमा शैक्षिक क्षेत्रमा पहिचान बनाएको स्कुलको रुपमा रहेको बताईन । नगरले लिने हरेक कृयाकलापमा मोडल स्कुलको नतिजा राम्रो रहेको भन्दै यसलाई थप गदै कितावका ज्ञान सँगै अन्ने खेलकुद सास्कृतिक प्रविधिक ज्ञान दिन जरुरी रहेको बताईन ।

नगरपालिकाका बडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी, वडा ५ का बडा अध्यक्ष धन प्रसाद पौडेलले पिछल्लो समय निजी विद्यालयको शैक्षिक क्षेत्रमा योगदान महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सागर केसीले विद्यालयमा शैक्षिक सुधारका लागिरहेको बताए । व्यवहारिक ज्ञान सिप आजको आवश्यकता रहेको भन्दै मोडन स्कुलले सोही अनुसार अध्यापन गराउदै आएको बताए । हाम्रो विद्यालयबाट पास आउट भएर अन्यत्र जाने विद्यार्थीहरुको नतिजाले राम्रो रहेको भन्दै यसलाई निरन्त्रता दिने अध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा लिल बहादुर केसी, प्रकाश पौडेल, शिक्षक देवान राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शैक्षिक सत्र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु उत्कृष्ट अध्यापन गराउने शिक्षक शिक्षिका, कर्मचारीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक जे एन पाण्डेले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : ४९ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक