२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला



बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले आउदो जेठ ३ गते बुटवलमा आयोजना गर्न लागेको म्याराथुन प्रतियोगिता आवेदन खुला भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुर्व आचार्यले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको लागि फारम वितरण गरिएको बताए । थप खुला १० किलोमिटर महिला म्याराथन प्रतियोगिता पनि थप भएको आचार्यले जानकारी दिए । प्रतियोगिता आउन अब २० दिन बाँकी छ ।

सबैका लागि खेलकूद भन्ने नाराका साथ ऐकेडेमीले दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको हो । आचार्यले हाफ् म्याराथन २१ किलोमिटर दौड हुने जानकारी दिए ।

त्यस्तै १० किलोमिटर महिला खुला प्रतियोगिता पनि रहेको छ । १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । भने, ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाल्कथुन प्रतियोगिता पनिसँगसँगै राखिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशी १ लाख रुपैयाँको छ ।

खुला रेसको द्धितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैठौं १० हजार रहेको छ । त्यस्तैगरी १० किलोमिटर दौडको प्रथम ३५ हजार, द्धितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौं १० हजार र पाँचौ र छैठौंको क्रमस ७ र ५ हजार रहेको छ । छात्र छात्रा दौडको विजेताले प्रथम पुरस्कार छात्रतर्फ क्रमस २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन । भने, छात्रातर्फ १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार २ हजार प्राप्त गर्नेछन । प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १० : ०३ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात