२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान



बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । तिलोत्तममा आयोजना गरिएको कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष सु.मेजर राजकुमार केसीले समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै समाजलाई अझ बढि सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनले सामाजिक क्षेत्रमा समेत समजालाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिदै सबैको साथ र सहयोगबाट सामाजिक क्षेत्रमा समेत काम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सल्लाहकार कुल बहादुर केसीले जन्मस्थान देखि कर्म स्थान सम्म जोडीएको कारण समाज जन्मथलोलाई स्मरण गर्नको लागि विभिन्न गतिविधि आवश्यक भएको बताएका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा सल्लाहकार विश्वास ढकाल ले समाज गठनबाट दुख सुखको सारथी बन्न सकिने बताउँदै कर्मथलो संगै जन्मस्थानको पनि संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सचिव नाम बहादुर केसी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नयाँ वर्ष २०८१ को बार्षिका भित्ते पात्रो विमोजन गरिएको थियो । भित्तेपात्रो विश्वास ढकालको संयोजकत्वमा सागर केसी र बुद्धिसागर शर्मा सदस्य रहेको उप समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३१ बजे

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम