१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान



बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । तिलोत्तममा आयोजना गरिएको कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष सु.मेजर राजकुमार केसीले समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिदै समाजलाई अझ बढि सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । उनले सामाजिक क्षेत्रमा समेत समजालाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिदै सबैको साथ र सहयोगबाट सामाजिक क्षेत्रमा समेत काम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सल्लाहकार कुल बहादुर केसीले जन्मस्थान देखि कर्म स्थान सम्म जोडीएको कारण समाज जन्मथलोलाई स्मरण गर्नको लागि विभिन्न गतिविधि आवश्यक भएको बताएका थिए ।

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष तथा सल्लाहकार विश्वास ढकाल ले समाज गठनबाट दुख सुखको सारथी बन्न सकिने बताउँदै कर्मथलो संगै जन्मस्थानको पनि संरक्षण प्रर्वद्धनमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सचिव नाम बहादुर केसी लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नयाँ वर्ष २०८१ को बार्षिका भित्ते पात्रो विमोजन गरिएको थियो । भित्तेपात्रो विश्वास ढकालको संयोजकत्वमा सागर केसी र बुद्धिसागर शर्मा सदस्य रहेको उप समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ३१ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद