१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए।

उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो। नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्को भनाइ छ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए। जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : २५ बजे

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक

अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरीको हत्या

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

आईसीसी टी-२० विश्वकप सुपर ८ मा वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणअन्तर्गत भएको खेलमा

निर्वाचन आउन ९ दिन बाँकी : आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता