२४ माघ २०८२, शनिबार | February 7, 2026

महोत्तरीमा दिनहुँजसो आगलागी



महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो आगलागीका कहाली लाग्दा घटना बढेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ ।

वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा भएको आगलागीले रु ३० लाख बढीको क्षति गरेको एक साता नपुग्दै मटिहानी-६ जरलहवागाछी टोलको एक सय १० घर खरानी पार्ने घटनाले अझै त्यहाँका बासिन्दा बौरिन सकेका छैनन् ।

गत बुधबारको सो कहालीलाग्दो घटनाको भोलिपल्टै मटिहानी-९ सिमरदहीमा गत बिहीबार एउटा इलोक्ट्रोनिक पसलमा भएको आगलागीको घटनामा पसलका सरसामान जलेर नष्ट भएका छन् । त्यसअघि गत मङ्गलबार बलवाको बगडाको फर्निचर उद्योगमा आगलागी भएको थियो ।

पछिल्लो पटक हिजो आइतबार दिउँसो जिल्लाको गौशाला-२ कठुधारमा फेरि आगलागी भएको छ । सो बस्तीका सद्दाम नदाफ धोबी र निजकै भाइ मन्सुर नदाफको घर आगोले खरानी बनाएको छ । पछिल्लो यो घटनामा घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामानसहित रु १० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए ।

महोत्तरीसहितका मधेसमा बर्सेनि गर्मी चढ्दै गएपछि आगलागीका घटना हुँदै आएका छन् । यद्यपि यी विनाशकारी घटना धेरैजसो सजगताको कमीले नै हुने गरेका पाइएको सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र प्रहरी अधिकारीको अनुभव छ ।

कुनैकुनै घटना विद्युत् चुहिएर (विद्युत् सर्ट भएर) र कदाचित सङ्घर्षबाट हुने भए पनि यता हुने धेरैजसो आगलागी घरको आगो र प्रज्वलनशील वस्तुको ठीक व्यवस्थापन नगरिँदा नै भएका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विगत अनुभव छ ।

“हामी त यस्ता विपद्का बेला कारण खोज्दैनौँ, सकेको राहत उद्धारमा लाग्छौँ, तर पछि घटनाका कारण खोतल्दा घरको आगो (खाना पकाउन बालिएको) राम्ररी व्यवस्थापन नगरिँदा, बाटो हिँड्ने ननिभाइ मिल्काएका बिँडी/चुरोटका ठुटाबाट सल्कँदा र प्रज्वलनशील वस्तु (सलाइ, लाइटर) ससाना नानीले खेलाउँदा भएको पाइन्छ”, मिश्र भन्छन, “आपत्का बेला यस्ता पक्ष नउप्काइए पनि यी वास्तवमा लापरवाही नै हुन् ।” मौसमअनुसार यी कुरामा राम्रो ध्यान पु¥याउनसके घटना न्यूनीकरण हुने मिश्रको ठम्याइ छ ।

आगलागी नियन्त्रण गर्न मुख्यरुपले स्थानीय तहका वडा समितिले बस्तीभित्रका सामाजिक सङ्घसंस्था, रानीतिक दल र अन्य सरोकारवालालाई समावेश गरेर सचेतनामूलक घुम्ती प्रचार गर्नपर्ने कतिपयको सुझाव छ । प्रत्येक नयाँ वर्षअघि वडाका बस्तीमा पालैपालो पाँच/सात दिन घरघरै जस्तो आगो व्यवस्थापनबारे सचेतना दिँदै कतै लापरवाही भेटिए त्यसैअनुसारको नसियत (सजाय, जरिवाना) तिराइए पूर्वसजगता बढ्ने सूर्योदय साँस्कृतिक क्लव भङ्गाहा-४ रामनगरका पूर्वध्यक्ष गोपालप्रसाद श्रेष्ठको सुझाव छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४३ बजे

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा