२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

महोत्तरीमा दिनहुँजसो आगलागी



महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो आगलागीका कहाली लाग्दा घटना बढेका छन् । पछिल्ला १० दिनमा जिल्लाका विभिन्न ठाउँमा भएका आगलागीले करोडौँको क्षति भएको छ ।

वैशाख दोस्रो साताको प्रारम्भमै मटिहानीको एउटा फर्निचर उद्योगमा भएको आगलागीले रु ३० लाख बढीको क्षति गरेको एक साता नपुग्दै मटिहानी-६ जरलहवागाछी टोलको एक सय १० घर खरानी पार्ने घटनाले अझै त्यहाँका बासिन्दा बौरिन सकेका छैनन् ।

गत बुधबारको सो कहालीलाग्दो घटनाको भोलिपल्टै मटिहानी-९ सिमरदहीमा गत बिहीबार एउटा इलोक्ट्रोनिक पसलमा भएको आगलागीको घटनामा पसलका सरसामान जलेर नष्ट भएका छन् । त्यसअघि गत मङ्गलबार बलवाको बगडाको फर्निचर उद्योगमा आगलागी भएको थियो ।

पछिल्लो पटक हिजो आइतबार दिउँसो जिल्लाको गौशाला-२ कठुधारमा फेरि आगलागी भएको छ । सो बस्तीका सद्दाम नदाफ धोबी र निजकै भाइ मन्सुर नदाफको घर आगोले खरानी बनाएको छ । पछिल्लो यो घटनामा घरमा राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामानसहित रु १० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए ।

महोत्तरीसहितका मधेसमा बर्सेनि गर्मी चढ्दै गएपछि आगलागीका घटना हुँदै आएका छन् । यद्यपि यी विनाशकारी घटना धेरैजसो सजगताको कमीले नै हुने गरेका पाइएको सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र प्रहरी अधिकारीको अनुभव छ ।

कुनैकुनै घटना विद्युत् चुहिएर (विद्युत् सर्ट भएर) र कदाचित सङ्घर्षबाट हुने भए पनि यता हुने धेरैजसो आगलागी घरको आगो र प्रज्वलनशील वस्तुको ठीक व्यवस्थापन नगरिँदा नै भएका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रको विगत अनुभव छ ।

“हामी त यस्ता विपद्का बेला कारण खोज्दैनौँ, सकेको राहत उद्धारमा लाग्छौँ, तर पछि घटनाका कारण खोतल्दा घरको आगो (खाना पकाउन बालिएको) राम्ररी व्यवस्थापन नगरिँदा, बाटो हिँड्ने ननिभाइ मिल्काएका बिँडी/चुरोटका ठुटाबाट सल्कँदा र प्रज्वलनशील वस्तु (सलाइ, लाइटर) ससाना नानीले खेलाउँदा भएको पाइन्छ”, मिश्र भन्छन, “आपत्का बेला यस्ता पक्ष नउप्काइए पनि यी वास्तवमा लापरवाही नै हुन् ।” मौसमअनुसार यी कुरामा राम्रो ध्यान पु¥याउनसके घटना न्यूनीकरण हुने मिश्रको ठम्याइ छ ।

आगलागी नियन्त्रण गर्न मुख्यरुपले स्थानीय तहका वडा समितिले बस्तीभित्रका सामाजिक सङ्घसंस्था, रानीतिक दल र अन्य सरोकारवालालाई समावेश गरेर सचेतनामूलक घुम्ती प्रचार गर्नपर्ने कतिपयको सुझाव छ । प्रत्येक नयाँ वर्षअघि वडाका बस्तीमा पालैपालो पाँच/सात दिन घरघरै जस्तो आगो व्यवस्थापनबारे सचेतना दिँदै कतै लापरवाही भेटिए त्यसैअनुसारको नसियत (सजाय, जरिवाना) तिराइए पूर्वसजगता बढ्ने सूर्योदय साँस्कृतिक क्लव भङ्गाहा-४ रामनगरका पूर्वध्यक्ष गोपालप्रसाद श्रेष्ठको सुझाव छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४३ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१