८ माघ २०८२, बिहिबार | January 23, 2026

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी



काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का अभिनेता सिपी लोहनीको सोमबार निधन भएको छ ।

लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो । विगत ६-७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् ।

सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो । अभिनेतासँगै गायकसमेत रहेका सिपीको ‘माइतीघर’ सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए ।

‘माइतीघर’ सन् १९६६ मा रिलिज भएको थियो। लोहनी झ्याउरे गीतका जानकार हुन् । उनी ८६ वर्षका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा