३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो



बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको डढेलो बस्ती नजिक आइपुगेको छ । आदर्शनगर र लक्ष्मीनगरको माथिल्लो भागमा लागेको डढेलो बस्ती तर्फ झर्न थालेको हो ।

डढेलो बस्ती नजिक आइपुग्न थालेपछि बुटवल उपमहानगरपालिकाको दमकल आदर्शनगरको माथिल्लो भागमा तैनाथ गरिएको छ भने इलाका प्रहरी कार्यालयको प्रहरी टोलिलाई पनि तयारी अवस्थामा राखिएको छ ।

डढेलो बस्ती तर्फ झर्न थालेपछि प्रहरीलाई उद्दार र आगो नियन्त्रणका लागि तयारी अवस्थामा परिचालन गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए । उनले हाल बुटवल उपमहानगरको दमकल डढेलोको नजिकैको मानव बस्तीमा पुगे्को र आवश्यक परेको अवस्थामा अन्य दमकललाई पनि तयारी अवस्थामा रहन सूचना गरिएको बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ३४ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका