८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’



वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७ औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए । तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए । उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।”

युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए । उनले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : १५ बजे

बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना न्यून

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले